पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवद्वारा देशव्यापी आन्दोलन घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवद्वारा देशव्यापी आन्दोलन घोषणा

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २५ गते बिहिबार ०१:०४

२५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको...

२५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।

पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले तय गरेको छ ।

नेपाल आयल निगमले बिहीबार रातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् ।एमाले निकट अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका हुन् ।

निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिन बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले बताए

प्रकाशित मिति २०७८ कार्तिक २५ गते बिहिबार ०१:०४
प्रतिक्रियाहरु