प्रधानन्यायाधीश मात्र होइन कारबाही गरे सबै गर्नुपर्छ,ओली नै सर्वसम्मत अध्यक्ष: रायमाझी

प्रधानन्यायाधीश मात्र होइन कारबाही गरे सबै  गर्नुपर्छ,ओली नै सर्वसम्मत अध्यक्ष: रायमाझी

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २७ गते शनिवार ०३:५४

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘उहाँमाथि महाभियोग लगाउनेतिर...

अब ओली नै सर्वसम्मत अध्यक्ष

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौँ । यो पाँच दलीय गठबन्धन, सरकारका समर्थक, आफूलाई न्यायमूर्तिहरू ठान्नेहरू र वकिलहरूले ल्याएको विषय हो ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उनले प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा मागेर समस्याको समाधान नहुने पनि जिकिर गरे ।

उनले थपे–‘न्यायपालिकामाथि पनि अहिले जे–जे भइरहेको छ, चाहे त्यो परमादेशको सन्दर्भमा होस्, अध्यादेशको सन्दर्भमा होस, प्रधानन्यायाधीशलगायतका न्यायाधीशहरूको सहकार्य गरेर कतिपय निर्णय गरिएको छ, जसमा वकिलहरूको पनि सहमति छ । बार एशोसिएसशनका पदाधिकारीहरूको पनि सहमति छ, उनीहरूको सहमतिमा काम गरिएको छ ।

बदमासी, गलत निर्णयहरू गरिएको थियो । अनि प्रधानन्यायाधीशलाई मात्रै दोष थुपार्ने कोसिस भइरहेको छ । यो विचित्र र विडम्बना हो । निर्णय सबै न्यायमूर्तिहरूले गरेका हुन् । सबैले राजीनामा दिनुपर्‍यो, सबैले कारबाही भोग्नुपर्‍यो ।’ उनले न्यायपालिकालाई गिजोल्नेतर्फ सरकार र सत्तापक्षीय गठबन्धन अग्रसर रहेको पनि गम्भीर आरोप लगाए ।

त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने अडान सुनाए । उनले भने,‘मैले त पहिले पनि भनेको छु, एमसीसीमा भएका राष्ट्रका अहितका प्रावधान हटाएर पास गर्नुपर्छ । होइन भने खारेज गर्नुपर्छ । मैले हुबहु पास गर्ने भनेकै छैन । यो मेरो व्यक्तिगत कुरा हो । तर, एमसीसीलाई लिएर सरकार यसमा अलमलिएर बसिरहेको छ। झुण्डिएर बसिरहेको  छ। हामीले त आफ्नो धारणा राखेका छौँ । सरकारले कसरी विषयवस्तु ल्याउँछ ? आफ्नो धारणा ल्याओस् ।

नेता रायमाझीले १० औँ महाधिवेशनमार्फत सर्वसम्मत रूपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने विश्वास दिलाए । उनले भन,‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रूपमा सम्पन्न गर्‍यौँ, विधान पनि सर्वसम्मतिले पारित गर्‍यौँ  । अब नेतृत्व चयन गरिने हो । मङ्सिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौँ ।

सायद, केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको सङ्केत गरिसकेको छ । त्यो महाधिवेशनमा आउने प्रतिनिधिहरूको निर्वाचन मूलतः आज सम्पन्न हुन्छ । एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदै छन् ।

७७ वटै जिल्लामा प्रतिनिधिहरू छान्न सक्ने हैसियत राख्ने पार्टी एमाले मात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्‍यौँ । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौँ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौँ

 

प्रकाशित मिति २०७८ कार्तिक २७ गते शनिवार ०३:५४
प्रतिक्रियाहरु