दरबार’सँग मिसियो रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी

दरबार’सँग मिसियो रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २८ गते आईतबार ०४:४५

रवीन्द्र मिश्र नेतृत्वको  विवेकशील साझा पार्टीसँग राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने भएको छ । राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी रहेका छन् । विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई...

रवीन्द्र मिश्र नेतृत्वको  विवेकशील साझा पार्टीसँग राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने भएको छ । राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी रहेका छन् । विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बैठकले कर्ण बहादुर शाही नेतृत्वको सिटिजन्स डिसकशन फोरमसँग पनि एकीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने  भने रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहने विज्ञप्तिमा जनाइएको छ  ।

विवेकशील साझा पार्टी, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ। विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले यी तीन पार्टीबीचको एकताको सहमति पत्रलाई अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए।

पार्टी एकताको घोषणा कार्यक्रम चाँडै राखिने उनले बताए। पार्टीको नाम भने विवेकशील साझा पार्टी नै रहनेछ। त्यसको कार्यकारी अध्यक्ष रवीन्द्र मिश्र रहनेछन्। प्रवक्ता पाठकका अनुसार सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।

‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान’ का लागि २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो। सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन्।

यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रूपान्तरणकारी शक्ति निर्माणका लागि भएको यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा एउटा बलियो कदम भएको बताए।

उनले यो देशमा शान्ति, स्थिरता, सुशासन र समतामूलक संवृद्धि चाहने र देशलाई शिरमा राख्ने सबै नागरिक, विभिन्न समूह तथा पार्टीहरूलाई निहित स्वार्थ, भ्रष्टता र कुशासनको चक्र तोड्नका लागि एकजुट हुन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति २०७८ कार्तिक २८ गते आईतबार ०४:४५
प्रतिक्रियाहरु