सर्वोच्चका सबै न्यायाधीशलाई राजीनामा गर्न युवराज संग्रौलाको आह्वान

सर्वोच्चका सबै न्यायाधीशलाई राजीनामा गर्न युवराज संग्रौलाको आह्वान

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक २९ गते सोमबार ०५:३३

नेपाल बार एसोसिएशनद्वारा सोमबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता संग्रौलाले न्यायाधीशहरूले वकीलको आन्दोलनलाई सघाउनुपर्ने बताए। श्रीमान्, तपाईंहरू जागीर खाइरहनुभएको छैन, तपाईंहरू लोकतन्त्रका...

नेपाल बार एसोसिएशनद्वारा सोमबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता संग्रौलाले न्यायाधीशहरूले वकीलको आन्दोलनलाई सघाउनुपर्ने बताए।

श्रीमान्, तपाईंहरू जागीर खाइरहनुभएको छैन, तपाईंहरू लोकतन्त्रका पहरेदार हुनुहुन्छ,” पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले भने, म आह्वान गर्न चाहन्छु, हाइकोर्टका सम्पूर्ण न्यायाधीशहरू राजीनामा दिन तयार हुनुहोस्।”

सर्वोच्चका न्यायाधीशहरूले बारको आन्दोलनलाई सघाउनुपर्ने बताए। वरिष्ठ अधिवक्ता संग्रौलाले भने, “जो जो न्यायाधीशले यो आन्दोलनलाई सहयोग गर्दैनन्, उहाँलाई माननीय भन्न बन्द गर्नुस्।” उनले बार एसोसिएशनलाई आन्दोलनका क्रममा अपशब्द प्रयोग नगर्न पनि सुझाएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिएर पदको गरिमा जोगाउनुपर्ने संग्रौलाको भनाइ छ। प्रमाणित नभए पनि आरोप लागेकाले जबराले राजीनामा दिनुपर्ने उनको जोड थियो।

प्रकाशित मिति २०७८ कार्तिक २९ गते सोमबार ०५:३३
प्रतिक्रियाहरु