काठमाडौँ : नेपाल कम्युनस्ट पार्टीले पेट्रोलियम, खाद्यान्नलगायत हरेक सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोधमा भोलि मङ्गलबारका लागि आह्वान गरिएको नेपाल बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुनव्यवसायी ‘(आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ ‘।
नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् ‘।
नेकपाले बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ ‘। नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि बन्दमा साथ दिन आह्वान गरेको छ’ ।
यसै क्रममा नेकपाले नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जुलुस निकालेको छ ‘। काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर वि’द्रो’ह गर्न बा’ध्य पारेको बताए’ । उनले आज साँझको मसाल जुलुस र भोलि मङ्गलबारको नेपाल बन्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशबासीलाई आह्वान गरे ‘।
प्रकाशित मिति २०७८ कार्तिक २९ गते सोमबार ०६:३०