लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार सबैभन्दा ठुलो सामाजिक रोग बनेको बताएका छन्’ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुझाएको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भ्रष्टाचार निर्मुल पार्न जन्मकैद जस्तै कडा कानुन बनाउनुपर्ने बताए’।
प्रदेश प्रमुख शेरचनले नेपालीहरुले विदेशमा दुःख पाएर कमाएको रकमबाट तिरेको करमा भ्रष्टाचार गर्नु जघन्य अपराध भएको बताए । भ्रष्टाचारकै कारण ठुला आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको उनको भनाइ छ ‘
आयोगका बुटवल कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण्डेले सबैभन्दा बढी उजुरी स्थानीय तहमा भएका अनियमितताका सम्बन्धमा आएको बताए । अख्तियारका अनुसार जिल्लागत रुपमा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी ४४९ वटा उजुरी परेका छन् । ‘यस्तै कपिलवस्तु जिल्लाबाट २३४ वटा, नवलपरासीबाट १४७ वटा उजुरी दर्ता भएका छन् ‘।
गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कुल एक हजार २६८ उजुरी दर्ता भएकोमा ९ सय उजुरी फर्छ्यौट भएको जनाइएको छ ‘अख्तियारको बुटवल कार्यालय प्रमुख पाण्डेका अनुसार प्रारम्भिक छानबिन र विस्तृत अनुसन्धानबाट गत आर्थिक वर्षमा कुल एक करोड ४९ लाख ९७ हजार ८७० रुपैयाँ राजश्व पुनः प्राप्ति भएको छ ‘।
प्रकाशित मिति २०७८ कार्तिक २९ गते सोमबार ०८:५४