सिन्धुली -: सिन्धुलीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी गोपाल ब्लोन सहित २६ जना नेता–कार्यकर्ता पक्राउ परेको छन् । उनीहरुलाई मंगलबार बिहान सिन्धुलीमाढीबाट प्रहरीले पक्राउ गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बन्द गराउन खटिएका जिल्ला सेक्रेटरी ब्लोन, नेता शशी राईलगायत २६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय सिन्धुलीले जनाएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका अनुसार बसमा सामान्य क्षति पुगेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । भाडाका ठूला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन ।उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको हाे ।
प्रकाशित मिति २०७८ कार्तिक ३० गते मङ्गलबार ०१:१७