काठमाडौं -: प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन् ।'शुक्रबार काठमाडौंस्थित पतञ्जली योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जली नेपाल टीभी, आस्था नेपाल टीभी र पतञ्जली...
काठमाडौं -: प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन् ।’शुक्रबार काठमाडौंस्थित पतञ्जली योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जली नेपाल टीभी, आस्था नेपाल टीभी र पतञ्जली सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयुर्वेद औषधिका उत्पादनका लागि पतञ्जलीलाई जग्गा उपलव्ध गराउने बताएका हुन् ‘।
त्यस्तै उनले विश्वभरि नै स्वास्थ्यका लागि सबैभन्दा उत्तम योग नै रहेको जिकिर गर्दै बारम्बार नेपाल आउनका लागि पनि रामदेवलाई आग्रह गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका ‘अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समाजलाई निरोगितातर्फ लैजाने अभियानको सुरुवात रामदेवले गरेको बताए ।’ नेपालको विकासमा पतञ्जलीको योगदान महत्वपूर्ण रहेको उनले बताए ‘।
नेपालमा रहेका अमूल्य जटीबुटीको प्रशोधन गर्दै उपयुक्त रुपमा प्रयोग गर्नुपर्ने उनले भने ।’ त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले योग साधनाको बेग्लै महत्व रहेको धारणा राखे ।
कार्यक्रममा भारतीय योगगुरु रामदेवले नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको धारणा राखे ‘। नेपालको आर्थिक र सामाजिक बिषयमा पूर्ण सहयोग रहने उनले बताए । ‘उनले भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको उल्लेख गरे ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७