‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उनले हाँस्दै भने, ‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।प्रधानमन्त्री समेत रहेका ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’
जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ओलीले अघि भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?
आफूरु आधिकारिक भएको दाबी गर्दै उनले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताए । अघि भने, ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । कारणहरु होला, आउन होला । हामी सम्झाउन खोजिरहेका छौं ।’
ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।













