काठमाडौं -: गन्तव्यमा नपुर्याएर बीच बाटोमै यात्रुहरुलाई बिचल्ली बनाउने नेपाल एयरलाइन्सका ‘सन्की पाइलट’ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
सोमबार काठमाडौंबाट रुकुमका लागि उडेकाे जहाजलाई...
काठमाडौं -: गन्तव्यमा नपुर्याएर बीच बाटोमै यात्रुहरुलाई बिचल्ली बनाउने नेपाल एयरलाइन्सका ‘सन्की पाइलट’ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
सोमबार काठमाडौंबाट रुकुमका लागि उडेकाे जहाजलाई आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगन्जमा यात्रुहरुलाई ओरालेर बिचल्लीमा पार्ने पाइलट पेम्बा शेर्पालाई मंगलबार मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
एअरलाइन्सको ट्वीनअटर जहाज पाइलट पेम्बा शेर्पाले चलाएका थिए । यात्रुहरुले पाइलटको सनकले आफूहरु बिचल्लीमा परेको भन्दै गुनासो गरेपछि पर्यटनमन्त्री मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको बताइएको छ।
मन्त्री आलेले पाइलट शेर्पाबाट चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने र कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम गरे तुरुन्तै कारबाहीको भागिदार हुनुपर्ने भनेका छन् ।
एयरलाइन्सले भने पाइलट शेर्पाको बचाउ गर्दै पाइलट शेर्पाको ड्युटी बेलुका ४ बजेसम्म मात्रै र सोमबार मौसम प्रतिकूल भएकाले जहाज गन्तव्य नपुगेको भनेको छ ।काठमाडौंबाट सोमबार रुकुमका लागि उडेको जहाज मंगलबार बिहान गन्तव्यमा पुगेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७