भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर ११ गते शनिवार ०३:१८

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको...

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यो पनि पद्नुहोस

एमाले महाधिवेशन ‘भेडाहरुको कुम्भमेला’ हो, हाम्रो चैँ विचार निर्माणकाे अभियान हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा जारी एमाले महाधिवेशनलाई ‘कुम्भ मेला’को संज्ञा दिएका छन् ।’शनिबार आफ्नो पार्टीको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचन्डले उक्त कुरा बताएका हुन् ।

शुक्रबारदेखि चितवनमा जारी एमालेको १० औँ महाधिवेशन विचार तथा बहस बिनको खालि कुम्भमेला बनेको प्रचन्डको भनाइ थियो ‘। उनले पार्टीमा विचार निर्माणका लागि बहस गर्नुपर्ने तर एमालेको महाधिवेशनमा त्यसो नभएको बताए ।

हिजो हामीले चितवनमा कुम्भमेलाजस्तो देख्यौँ ।’ जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन, त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ,उनले भने, उनीहरुभन्दा भिन्न हामी चैँ विचार निर्माण, राजनीतिक लाइन र संगठनात्मक कार्यदिशाका साथै कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिन सम्मेलन गर्दैछौँ ।

वडास्तरदेखि नै सम्मेलन गरेर अन्तमा राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको आफ्नो पार्टीले विचारको बहसलाई प्राथमिकता दिँदै आएको प्रचण्डको भनाइ थियो । उनले अरुका तथाकथित अधिवशेनसँग ‘आफ्नो पार्टीको वैचारिक संश्लेषण हुने सम्मेलनको तुलना गर्न नसकिने पनि बताए’ ।

प्रकाशित मिति २०७८ मङ्सिर ११ गते शनिवार ०३:१८
प्रतिक्रियाहरु