१२ मंसिर, बुटवल -: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशले नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथल माग गरेको बताएका छन् ।
राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आम जनताको आर्थिक, सामाजिक स्तरमा...
१२ मंसिर, बुटवल -: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशले नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथल माग गरेको बताएका छन् ।
राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निराशा र अन्योलता छाएको भन्दै उनले देशमा नयाँ वैकल्पिक शक्ति चाहिएको बताए ।
आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एवं पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतका पार्टीहरूबीच ध्रुवीकरण गरेर वैकल्पिक पार्टी बनाउनुपर्नेमा जोड दिए ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट रुपान्तरणकारी परिवर्तनको अपेक्षा गर्न नसकिने भट्टराईले बताए । यद्यपि आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने बताए ।
नेकपा एमाले अग्रगमनको वाधक र नवफासीवादी शक्ति भएको उनको दाबी छ । उनले एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको वत्ति जस्तै भएको टिप्पणी गरे ।अनलाइन खबर बाट
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७