एमाले अध्यक्षमा पुनः ओली : ओलीलाई १९०० मत, रावलको पक्षमा १९६ मत पर्‍यो

एमाले अध्यक्षमा पुनः ओली : ओलीलाई १९०० मत, रावलको पक्षमा १९६ मत पर्‍यो

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर १४ गते मङ्गलबार ०३:३८

काठमाडौं -: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले...

काठमाडौं -: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।

त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।

ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका निर्वाचन समितिले जनाएको छ । चितवनमा आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मंगलबार बिहान ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो ।

दुई हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको जानकारी गराइएको छ । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

नेकपा एमालेका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफूले अध्यक्ष पद बाहेक अन्यमा उम्मेदवारी नदिएको प्रष्ट पारेका छन् । महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै रावलले आफूले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएको भन्दै मतदानको बेला केन्द्रीय सदस्य पदमा समेत आफ्नो नाम रहेकोप्रति आश्चर्यचकित भएको बताए ।

आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी नै नदिएको रावलले जिकिर गरे । अध्यक्ष पदमा विजयी भए सपथ लिने त्यस बाहेकमा निर्वाचित भएपनि सपथ नलिने उनले प्रष्ट पारे ।

उनले आठौं महाधिवेसनमा समेत आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी नदिएकोले उक्त पदमा निर्वाचित भएपनि सपथ नलिएको र अहिले पनि नलिने बताए ।

प्रकाशित मिति २०७८ मङ्सिर १४ गते मङ्गलबार ०३:३८
प्रतिक्रियाहरु