काठमाडौँ -: प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् । ‘सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दु:ख नदिने बताएका हुन् ।
उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन।’ एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन ।’ कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ।
कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा १ सय ३४ पदमा निर्वाचन हुँदै छ भने ४ हजार ५ सय हाराहारी प्रतिनिधि मतदानमा सहभागी हुँदै छन् । परम्परागत शैलीकै निर्वाचन रोजेको कांग्रेसको केन्द्रीय समितिको अन्तिम परिणाम आउन कति समय लाग्ला ?
जबकि अहिलेभन्दा थोरै मतदाता र कम पदमा निर्वाचन भएको १३ औं महाधिवेशनमा अन्तिम परिणाम आउन दुई साता लागेको थियो । त्यतिबेला ३ हजार १ सय महाधिवेशन प्रतिनिधि थिए भने ६४ पदमा मात्रै निर्वाचन भएको थियो ’।
कांग्रेस महाधिवेशन मंसिर २४ देखि हुँदै छ । निर्वाचन समितिले सभापति, उपसभापति, महामन्त्रीसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि भिन्न–भिन्न रङ र आकारका २९ वटा मतपत्र तयार गरेको छ ।
धेरै पदमा मतदान गर्नुपर्नेछ, एक जनालाई मतदान गर्नै दुई घण्टाभन्दा धेरै समय लाग्छ केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने, ‘हामीले एकैपटक धेरैले मतदान गर्न पाउने गरी व्यवस्था गर्दै छौं ।समितिले राष्ट्रिय सभागृह र पुलिस क्लबलाई मतदान केन्द्र बनाउने तयारी गरेको छ ।
आफ्नै पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बनाएको डिजिटल भोटिङ प्रविधिप्रति सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले नै भर नगरेपछि कांग्रेसले वडादेखि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेशमा जस्तै गरी कागजको मतपत्र प्रयोग गरी निर्वाचन गर्न’ लागेको हो ।
यसपटक पद संख्या धेरै छ, प्रतिनिधि पनि धेरै छन्, त्यसैले परिणाम आउन यसपटक झन् बढी समय लाग्न सक्छ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने । ‘विभागले गत साउन पहिलो साता नै डिजिटल भोटिङको आफ्नै प्रविधि विकास र सुनिश्चित गरेको जनाएको थियो ।
निर्वाचन समितिका संयोजक घिमिरेले ‘म्यानुअल भोटिङ’ बाटै नेतृत्व चयन गर्ने तयारी भइरहेको बताए ।यो राजनीतिक निर्णयले हुने कुरा हो, डिजिटल भोटिङ प्रयोग गर्नेबारे विगतमा छलफल भए पनि निर्णय हुन सकेन, त्यसैले म्यानुअल भोटिङकै प्रयोग हुन्छ, हामी त्यसैको तयारी गरिरहेका छौं,’ घिमिरेले भने,अब त निर्णय भए पनि उपयोग गर्न सकिने अवस्था छैन ।
प्रकाशित मिति २०७८ मङ्सिर २० गते सोमबार ११:०२