एमालेमा ‘बा’बाद हाबी भएर एमाले मात्र हैन देशनै खराब बनाए: माधव कुमार नेपाल

एमालेमा ‘बा’बाद हाबी भएर एमाले मात्र हैन देशनै खराब बनाए: माधव कुमार नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर २० गते सोमबार ०५:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीको भविष्य पत्तासाफ हुने बताएका छन्।'खेलकुद महासंघ समाजवादीको प्रदेश नम्बर १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।नेकपा एकीकृत समाजवादी...

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीको भविष्य पत्तासाफ हुने बताएका छन्।’खेलकुद महासंघ समाजवादीको प्रदेश नम्बर १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।नेकपा एकीकृत समाजवादी पार्टीको भविष्य हुनेछ। अन्य पार्टी पत्ता साफ हुनेछन्। केही समयपछि राष्ट्रिय सभाको चुनाव हुँदैछ, त्यो चुनावमा पाँच दलीय गठबन्धन एक हुन्छ,उनले भने।

नले नेकपा एमालेमा व्यक्तिवाद हाबी भएको आरोप लगाए। ‘एमालेमा व्यक्तिवाद, गुटबाद हाबीभयो। बा बाद हाबी भयो। विचारमा स्खलित भयो, त्यहाँ लोकतन्त्र छैन उनले भने।अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै कलमले न्यायको आवाज उठाउने बताए। उनले न्याय र सत्यको बाटोमा अघि बढ्दा खुट्टा कमाउन नहुने बताए।
यो पनि पढ्नु होस्
पालमा पहिलो पटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ‘।

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ‘। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ’ ।

ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।नयाँ भेरियन्ट पुष्टि भएका देशहरू हुँदै ६६ वर्षीय विदेशी नागरिक मङ्सिर ३ गते नेपाल प्रवेश गर्दा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । ‘तर, उनीसँगै सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई मङ्सिर ७ गते कोरोना सङ्क्रमणको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो ‘।

मङ्सिर १९ गते आइतबार जिन सिक्वेन्सिङ गर्दा उनीहरूमा नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ’ । यस्तै उनीहरूको सम्पर्कमा आएका ६६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा सबैको नतिजा नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ’ ।

प्रकाशित मिति २०७८ मङ्सिर २० गते सोमबार ०५:००
प्रतिक्रियाहरु