लौ अचम्मै भो, प्रचण्ड ओली र नेपालले एउटै मञ्चवाट भाषण गर्ने

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर २३ गते बिहिबार ०२:३१

काठमाडौ-:  सर्वोच्च अदालतले नेकपा विघटन गरिदिएपछि तीन तिर फर्केका कम्युनिष्टका ३ नेताहरु लामो समय पछि एउटै मञ्चमा देखिने भएका छन् । नेकपा विघटन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...

काठमाडौ-:  सर्वोच्च अदालतले नेकपा विघटन गरिदिएपछि तीन तिर फर्केका कम्युनिष्टका ३ नेताहरु लामो समय पछि एउटै मञ्चमा देखिने भएका छन् । नेकपा विघटन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच वेमेल भएको छ । ओलीसंग अन्य दुई नेताको दुरी बढेको हो ।

सार्वजनिक कार्यक्रममा मन्तब्य दिँदा तीन नेताहरुले एक अर्काको निकै टिप्पणी गर्ने गर्छन । तर अब नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन उद्घाटनका दिन एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भाषण गर्ने भएका छन् ।

कांग्रेसले आफ्नो महाधिवेशनमा यी तीन दलका साथै अन्य दलका नेताहरूलाई पनि आमन्त्रण गरेको छ । कटुतापूर्ण अवस्थाबीच कांग्रेसले यि नेताहरुका लागि यस्तो अवसर जुराइदिएको हो । गत सालको पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटन शुरू भएपछि ओली र प्रचण्डबीच कटुता बढेको थियो ।

एमाले विभाजन गरेर छुट्टै दल बनाएका नेपालसंग ओली प्रचण्डसंग भन्दा बढी रिसाएका छन् । एमालेको महाधिवेशनमा ओलीले नेपाललाई निम्ता पनि दिएनन् । प्रचण्ड निम्ता पाएर पनि गएनन् ।

प्रकाशित मिति २०७८ मङ्सिर २३ गते बिहिबार ०२:३१
प्रतिक्रियाहरु