काठमाडौं -: नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ‘। शनिबार नेता सिंहले आफ्नै विचार समूहभित्र न्याय नभएपछि आफू सभापतिको उम्मेदवारका रुपमा अघि बढेको बताएका हुन् ।
उम्मेदवारी घोषणा सभामा बोल्दै नेता सिंहले संस्थापन इतर समूहमा साझा उम्मेदवार चयन गर्ने प्रयास असफल भएको बताए’ । त्यस्तै साझा उम्मेदवार बनाउन प्रकाशमानले अवरोध खडा गरेको भनेर भ्रम फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे’ ।
यसका साथै नेता सिंहले विधिसम्मत र नियमसम्मत निर्णयहरु नगर्ने, विभाग गठन समयमा नगर्ने र जित्ने व्यक्तिलाई उम्मेदवार नबनाउने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए’ ।
उनले पार्टीलाई लोकतान्त्रिक र गतिशील पार्टीमा रुपान्तरण गर्नका लागि उम्मेदवारी दिएको बताए ।’ उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका बताइएको छ ‘।
नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।’ पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् ‘।
सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् ।’ अहिले पनि कार्यक्रम भइरहेकाे छ । नेता सिंहले सम्बाेधन गरिरहेका छन् ।’कांग्रेसको १४औं महाधिवेशनमा रामचन्द्र पौडेलको ‘वाकओभर’, राजनीतिक प्रतिस्पर्धामा नरहेको घोषणा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा प्रतिस्पर्धामा देखिने छैनन् । ‘महाधिवेशनको उदघाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो ।’ तर, संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
शनिबार बिहान बोहोराटारस्थित आफ्नो निवासमा कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट पारे’ । भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थिति थिए ।
लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको साझा उम्मेदवारी दिने जनाएका थिए । तर, अन्तिम समयसम्म पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले ‘वाकओभर’ गरेका हुन्’ । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन् ।
उमेरले ८१ वर्ष लागेका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताएका थिए । ‘आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें । आजदेखि तपाईहरू आ-आफ्नो संरक्षण गर्नुहोस् ‘। अब राजनीतिक प्रतिस्पर्धा रहिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी पत्रकार अजयबाबु शिवाकोटीले न्युज कारखानासँग भने ।
१३औं महाधिवेशनमा उनी सभापतिका उम्मेदवार भएका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए’ । तर, उनी दोस्रो चरणको मतदानमा पराजित भए ।देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर, महामन्त्री अझै टुंगिएन
नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन’ ।अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागेको छ । यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको नाम चर्चामा रहे पनि टुंगिन बाँकी छ ।
सहमहामन्त्री मुस्लिमबाट फरमुल्ला मन्सुर, पिछडिएका वर्गबाट जीवनबहादुर शाही र महिलाबाट डिना संग्रौला उपाध्यायको नाम टुंगिसकेको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा पनि नेताहरूले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् ।
कांग्रेस महाधिवेशन : बद्री पाण्डे र मानबहादुर विश्वकर्माको सहमहामन्त्रीमा उम्मेदवारी दर्तानेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ ‘। बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला उनीहरू मनोनयन दर्ता सुरु भएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।’ शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।
प्रकाशित मिति २०७८ मङ्सिर २५ गते शनिवार ०३:२७