नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिनुभएको छ ‘।शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ‘।
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ ।उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार गर्नुभएको हो ‘। प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन्’ ।
यसैगरी देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ‘।यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित
तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ‘।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई आफ्नो समर्थन सभापति शेरबहादुर देउवा प्यानललाई रहने बताउनुभएको छ ।सभापति शेरबहादुर देउवा प्यानलको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बोल्दै नेता सिटौलाले देउवा समूहलाई आफ्नो समर्थन रहने बताउनुभयो ‘।
युवा पुस्ताको प्रतिनिधित्व गर्नका लागि आफूले महामन्त्रीमा प्रदीप पौडेललाई पठाएको बताउनुभयो ।
प्रकाशित मिति २०७८ मङ्सिर २५ गते शनिवार ०५:१६