काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । मध्यरातको १२ बजेदेखि प्रारम्भिक मतपरिणाम पनि आउन थालेको छ’ ।
सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । ‘राष्ट्रिय सभागृहमा जारी दोस्रो चरणको मतदानअन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजामा देउवाले अग्रता लिएका हुन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको क्रममा २०० मत गनिसक्दा शेरबहादुर देउवाले ११२ मत ल्याएका छन् भने शेखर कोइरालाले ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ‘।
सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो ।’ ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा राखेर मतगणना भइरहेको छ । रातभरमा मतगणना सम्पन्न भइसक्ने आकलन गरिएको छ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम आएको छ।
प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ ‘। १०० मत गन्दा देउवाले ५७ मत ल्याउँदा शेखरले ४२ मत पाएका छन् ‘। एक मत बदर भएको छ ।मंगलबार राति साढे ११ बजेबाट मतगणना सुरू भएको हो। पहिलो चरणको निर्वाचनमा सहभागी भएका पाँच उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि मंगलबार दोस्रो चरणको निर्वाचन गरिएको थियो’।
दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ।’ यो पहिलो चरणको निर्वाचनमा खसेको मतभन्दा ११९ ले कम हो’।
प्रकाशित मिति २०७८ मङ्सिर २९ गते बुधबार १२:३२