काठमाडौं -: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिन्न नसकेको बताएका छन् ।
सोमबार...
काठमाडौं -: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिन्न नसकेको बताएका छन् ।
सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई प्रचण्डले चिन्न नसकेको बताए ।
ओली प्रधानमन्त्री हुँदा २०७७ पुष ५ गते गरेको संसद विघटन गरेका थिए । र, त्यसै दिनलाई कालो दिन भन्दै बहस कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालले भने, ‘पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठ्यो । सरकार र पार्टी आलोपालो चलाउने सहमति पनि भयो ।
तर कमरेड प्रचण्ड सोझो हुनुभयो । अब मेरो पालो भन्नुपथ्र्यो नि, भन्दै नभन्ने । भर्खरै एकता भएको छ, पार्टी एकता विग्रिन्छ भनेर होला । उहाँको कमलो मनमा त्यही परेछ ।
केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्नु भएन । केपी ओली हत्तुहैरान भएको मान्छे । तर उहाँलाई पनि ओलीले सहन सकेनन् । आधा आधा कार्यकाल । केपी ओली प्रधानमन्त्री हुने समय सकेपछि कसैले कुर्सी ताक्यो भने कुर्सी भाँचिदिन्छु ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७