एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय सगै भन्छन चाडै पास हुन पर्छ

एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय सगै भन्छन चाडै पास हुन पर्छ

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस ६ गते मङ्गलबार १०:२९

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा उभिने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरको लोसपाका एक नेताले जानकारी दिए। सत्तारुढ गठबन्धनबीच नै एमसीसीमा विवाद...

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा उभिने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरको लोसपाका एक नेताले जानकारी दिए।

सत्तारुढ गठबन्धनबीच नै एमसीसीमा विवाद चलिरहँदा लोसपाले पक्षमा उभिने निर्ण गरेको हो। नेपाली कांग्रेसपछि लोसपा पक्षमा उभिने दोस्रो दलसमेत बनेको छ। यसबाहेक कुनै पनि दलले सार्वजनिकरुपमा एमसीसीको पक्षमा उभिने वा नउभिने बताएका छैनन्। शनिबार बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा साथ दिन दलहरुसँग आह्वान गरेका थिए।

बैठकमा सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विरोध जनाएका थिए। नेकपा एमालेले यसअघि देखि नै एमसीसी टेबुल भएपछिमात्र आफ्नो निर्णय सुनाउने बताउँदै आएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले)ले निरन्तर संसद् बैठक अवरुद्ध गरेर प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गर्नुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उहाँले संसद्को कामकारबाहीलाई प्रभावित पार्ने गरी एमालेले देखाएको क्रियाकलाप प्रतिगमनकै निरन्तरता भएको जिकिर गर्नुभयो ।

उहाँहरू अहिले पनि प्रतिगमनकै बाटोमा हुनुहुन्छ, आजभोलि सदनभित्र जे देखेर, भोगिरहेका छौँ, त्यो उहाँका तर्फबाट प्रतिगमनको निरन्तरता हो”, अध्यक्ष दाहालले भन्नुभयो, संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षडयन्त्रमा उहाँ अहिले पनि लागि राख्नुभएकै छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते अर्थात् आजकै दिन पहिलो पटक प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद् विघटन असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो ।

पुनःस्थापित प्रतिनिधिसभालाई ओलीले गत जेठ ७ गते पुनःविघटन गर्नुभएको थियो । दोस्रो पटकको विघटनलाई पनि असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

प्रमुख प्रतिपक्षी एमालले पुनःस्थापित प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित भएको छ । सरकारले संसद्को गतिरोध अन्त्यका लागि पटकपटक आह्वान गरे पनि एमालेले संसद् अवरोधको गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।

“सर्वोच्च अदालबाट ह्वीप लाग्दैन भन्ने फैसला छ, सभामुखले १३ दिनभित्रै निर्णय लिनुभएको छ, कहीकतै संविधानको मर्म र भावनाको उल्लङ्घन छैन”, अध्यक्ष दाहालले प्रश्न गर्नुभयो, तर अहिले पनि ओली माधवकुमार नेपाल देखिएपछि उपस्थित नहुने भनिराख्नुभएको छ, यो भन्दा अराजनीतिक र अलोकतान्त्रिक चरित्र अरु के हुन्छ रु”

नेकपा ९एकीकृत समाजवादी० लाई निर्वाचन आयोगले मान्यता दिएको, संसद्ले स्वीकार गरेको र पाँच दलीय गठबन्धनका आधारमा सरकार बनेको उल्लेख गर्दै उहाँले एकीकृत समाजवादीलाई अस्वीकार गर्ने प्रवृत्तिले गलत भएको जिकिर गर्नुभयो ।

पाँच दलीय सत्ता गठबन्धन भत्काउन विभिन्न चलखेल भइरहेको भन्दै उहाँले गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“गठबन्धन टुटाउने हो भने कांग्रेसलाई एकलौटी सरकार सञ्चालन गर्न दिने र एमसिसी परियोजना पारित गर्न दिने भनी एमाले अध्यक्ष ओलीले दिएको यो लोकतान्त्रिक तर्क हो रुअध्यक्ष दाहालले भन्नुभयो, उहाँ (ओली)को प्रयासले नयाँ ढङ्गले सतर्क हुन मद्धत गरेकै छ, उहाँ प्रतिगामी तरिकाले अगाडि जान चाहानुहुन्छ भने हामी संविधान, गणतन्त्र, लोक तन्त्र, राष्ट्रियताको रक्षाका निम्ति गठबन्धनलाई अझ बलियो बनाएर, अन्य शक्तिलाई पनि गोलबन्द बनाएर प्रतिगमनलाई पररास्त गर्ने गरी प्रस्तुत हुन्छौँ ।

गठबन्धनलाई कुनै हालतमा कमजोर हुन नदिने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक छलफल गरेको जानकारी दिँदै उहाँले प्रधानमन्त्री स्वयम्ले ‘गठबन्धन टुटाउ, समर्थन गर्छु’ भन्ने प्रवृत्तिलाई सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो ।

प्रकाशित मिति २०७८ पुस ६ गते मङ्गलबार १०:२९
प्रतिक्रियाहरु