काठमाडौं, पुष -: नेपाल एल.पी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले नेपालमा तत्कालै एल.पी ग्याँसको खपतलाई निरुत्साहित गर्न नहुने बताउनुभएको छ ।
संघले काठमाडौंमा २२ औं स्थापना दिवसका अवसरमा गरेको कार्यक्रममा अध्यक्ष मल्लीले...
काठमाडौं, पुष -: नेपाल एल.पी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले नेपालमा तत्कालै एल.पी ग्याँसको खपतलाई निरुत्साहित गर्न नहुने बताउनुभएको छ ।
संघले काठमाडौंमा २२ औं स्थापना दिवसका अवसरमा गरेको कार्यक्रममा अध्यक्ष मल्लीले सरकारले नै विभिन्न इन्डक्सन चुलोको प्रयोग गरी एल.पी ग्याँसको खपतलाई निरुत्साहित गर्न नसक्ने बताउनुभएको हो ।
अध्यक्ष मल्लीले जलविद्युत नेपालको विकासको मूल ऊर्जा भएकोमा कुनै दुविधा नभएको बताउनुभयो । उहाँले उत्पादन भएको विद्युतको खपत बढाउनुपर्छ तर, विद्युतीय प्रयोग गर्ने उचित पूर्वाधारको विकास नगरी सरकार आफैले जनतालाई भ्रम फैलाएर अलमलमा पार्न नहुने बताउनुभयो । अध्यक्ष मल्लीले ग्याँस उद्योगलाई बचाउन जरुरी रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल आयल निगम घाटामा गएकाले अब पेट्रोलियम पदार्थ तथा ग्याँस आयात गर्न निजी क्षेत्रलाई पनि दिनु पर्ने बताउनु भयो । उहाँले नीजी क्षेत्रलाई पनि आयात गर्ने उचित कानुनको व्यवस्था सरकारले गर्नु पर्ने बताउनुभयो ।
सरकारले नीजी क्षेत्रलाई पनि आयात गर्नु दिए ग्याँस तथा इन्धनको मूल्य बजारले नै निर्धारण गर्ने उहाँको भनाइ छ ।सरकारले निजीक्षेत्र मैत्री नीति बनाउँदा मात्रै बजारले गति लिन सक्ने पनि ढकालले बताउनुभयो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७