काठमाडौं : संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली कंगो गएको छ। सेनानी रन्जित थापाको नेतृत्वमा बुधबार काठमाडौंबाट इथोपियन एयरलाइन्समार्फत शान्ति सेनाको एक टोली कंगो गएको नेपाली सेनाले जानकारी दिएको हो।
इथोपियन एयरलाइन्समा ८ जना महिला सैनिकसहित २१० जना नेपाली शान्ति सैनिक गएका हुन्। कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाको थप एक कम्पनी तैनाथ भएको छ ।
कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप प्रस्थानको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ।

भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र दुईवटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो।
सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत भारतविरोधी सामग्री उत्पादन र प्रसारण गर्ने २० वटा युट्युब च्यानल र दुईवटा न्युज वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो।
जसमा ‘नयाँ पाकिस्तान’, ‘दी पन्च लाइन’, इन्टरनेसनल वेवन्युज’, ‘दी नेक्ड ट्रुथ‘४८ न्युज’ लगायत च्यानलहरु रहेका छन्। पाकिस्तानबाट सञ्चालित भारतविरुद्ध गलत सूचना दिने र अफवाह फैलाउने ती च्यानलाई सरकारले बन्द गरेको भारततीय मिडियामा खबर छ।
प्रकाशित मिति २०७८ पुस ८ गते बिहिबार ०२:४०