माओवादी महाधिवेशनमा ओली सहभागी नहुने

माओवादी महाधिवेशनमा ओली सहभागी नहुने

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस ११ गते आईतबार १०:५९

काठमाडौं : नेकपा माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। आइतबार अपरान्ह्र ३ बजे कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ।' माओवादी केन्द्रले एमालेलगायतका सबै...

काठमाडौं : नेकपा माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। आइतबार अपरान्ह्र ३ बजे कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ।’ माओवादी केन्द्रले एमालेलगायतका सबै दललाई उद्घाटनसत्रमा शुभकामना दिन बोलाएको छ।

एमाले अध्यक्ष ओली पार्टी कामको सिलसिलामा गृहजिल्ला झापा aछन्।’ उनले अधिवेशनमा आउन नसक्ने जानकारी गराएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। अध्यक्ष दाहालले ओलीलाई टेलिफोन गरी महाधिवेशनमा आउन आग्रह गरेका थिए। ओली आफू उपत्यका बाहिर रहेकाले सहभागी हुन नसक्ने जनाएका थिए।

यसअघि चितवनमा भएको एमाले महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत गएका थिएनन्। नेकपा विभाजन पछि ओली र दाहालबीच तिक्ततापूर्ण सम्बन्ध छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन्।’ दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं। स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।

कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनले बताए। ‘अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताए।

उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए। ‘तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन। तर साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं,’ उनले भने।

उनले एमसीसी हुबहु पारित गर्न नहुनेसमेत बताए। ‘हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौं।’ देशको स्वाभिमानमा आँच पुगोस्, जसले नेपालको आन्तरिक मामिलामा अरुले हस्तक्षेप गर्ने ढोको खोलोस्, छिमेकीलाई सशङ्कित बनाओस्, अरुको शैन्य गठबन्धनमा बाध्ने स्थिति बनोस्। हामी स्वतन्त्र ढङ्गले बाँच्न चहान्छौं,’ उनले भने।

उनले निःसर्त, शैन्य र सुरक्षाका कुरासँग नजोडिने विषयमात्रै स्वीकार्य हुनेसमेत बताए।’ अध्यक्ष नेपालले सङ्घीयता, गणतन्त्रबाट पछि हट्न नसकिनेसमेत बताए। बरु संविधान तथा सङ्घीयतालाई आवश्यकताअनुसार संशोधन गर्न सकिने र अहिलेको निर्वाचन प्रणालीलाई’ पनि सुधार गर्नुपर्ने अध्यक्ष नेपालले बताए।

प्रकाशित मिति २०७८ पुस ११ गते आईतबार १०:५९
प्रतिक्रियाहरु