हामीले एकता गर्नु गल्ती होइन, फेरि एकचोटी समीक्षा गरौँ भनि ओलीजी सग कुरा हुदै छ : प्रचण्ड

हामीले एकता गर्नु गल्ती होइन, फेरि एकचोटी समीक्षा गरौँ भनि ओलीजी  सग कुरा हुदै छ : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस १२ गते सोमबार ११:४५

काठमाडौं -: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र माओवादीबीच पार्टी एकता गरेर गल्ती नभएको भन्दै फेरि समीक्षा गर्न भनेका छन् । आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

काठमाडौं -: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र माओवादीबीच पार्टी एकता गरेर गल्ती नभएको भन्दै फेरि समीक्षा गर्न भनेका छन् ।

आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता गरेर गल्ती नगरेको भन्दै पुनः एकचोटी समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘बिहान कमरेड केपी ओलीसँग कुरा भएको थियो । उहाँ झापामा हुनुहुन्थ्यो । उहाँले महासचिव पठाउछु भन्नुभयो, साँच्चै आउनुभयो । मलाई मन परेको कुरा के हो भने, हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । फेरि एकचोटी आत्मसमीक्षा गर्यौँ । कहाँ भत्कायौँ फेरि समीक्षा गरौँ । अघि महासचिव शंकर पाखेरलजीले जुन कुरा राख्नुभयो त्यो जायज छ ।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमाले एक विज्ञप्ति जारी गर्दै माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् ‘।

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन प्रारम्भको उद्घाटन सकिए लगत्तै गौतमले अध्यक्ष प्रचण्डको प्रशंसा गर्नसमेत भ्याएका हुन् उनले अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटनमा सुभकाना दिने सबै अथितिहरुको मुक्त कण्ठले धन्यवाद दिएको उल्लेख गरेका छन् ‘।

उनले आफ्नो सचिवालयमार्फ बिज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्,आफ्नो विचार पनि संक्षिप्त रुपमा तर्कयुक्त राख्नुभयो।’ उहाँको मन्तव्यमा एउटापनि दुर्वचन दिएन। कतिपय नेताहरु दुर्वचनाबाट आफ्नो मन्तव्व सुरु गर्छन्। र, दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्।’ उनको तुलनामा अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो’ ।प्रचण्ड’ जीलाई धेरै\धेरै बधाइ र धन्यवाद दिन चाहन्छु।

संयोजक गौतमले अन्त्यमा माओवादी केन्द्रलाई अधिवेशनको पूर्ण सफलताको सुभकामना र बधाइसमेत दिएका छन् । ‘गौतम माओवादी केन्द्रको महाधिवेशनमा भने उपस्थित भएका थिएनन् ‘।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ११:४५
प्रतिक्रियाहरु