केन्द्रीय सदस्य बन्न योग्यता नपुग्ने भन्दै विनोद चौधरीको पद खारेज गर्न आयोगमा उजुरी

केन्द्रीय सदस्य बन्न योग्यता नपुग्ने भन्दै विनोद चौधरीको पद खारेज गर्न आयोगमा उजुरी

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस २२ गते बिहिबार १०:५०

काठमाडौं -: नेपाली काँग्रेसमा केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै बिनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । चौधरी काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्'। चौधरीले क्रियाशिल...

काठमाडौं -: नेपाली काँग्रेसमा केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै बिनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । चौधरी काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्’।

चौधरीले क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा’। सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएको बताइएको छ ‘।

उजुरी दिएका यादवले उक्त स्थानमा आफूलाई पद बहाल गराउन समेत उजुरीमा भनेका छन् ‘। यसअघि नै सो बारे पार्टीको निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनुवाइ नभएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ ९८० मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ ‘महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ ‘।

उद्योगपतिसमेत रहेका बिनाद चौधरी चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको उजुरीमा दावी गरिएको छ ‘। उनी २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन उजुरीमा उल्लेख गरिएको छ ‘।उजुरी कर्ता यादव चौधरीसँगै पराजित भएका थिए ‘। उनीहरु मधेशी खुला कोटामार्फत काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

प्रकाशित मिति २०७८ पुस २२ गते बिहिबार १०:५०
प्रतिक्रियाहरु