नारायणहिटी दरबारभित्र बतासले बनाएको संरचना भत्काइयो

नारायणहिटी दरबारभित्र बतासले बनाएको संरचना भत्काइयो

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस २३ गते शुक्रबार ०७:३१

२३ पुस, काठमाडौं -: नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी सपको संरचना भत्काइएको छ '। शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी सप भत्काएको हो । शुक्रबार...

२३ पुस, काठमाडौं -: नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी सपको संरचना भत्काइएको छ ‘। शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी सप भत्काएको हो ।

शुक्रबार समितिले बाहिरबाट मजदुर बोलाएर सो संरचना भत्काएको समिति स्रोतले जनाएको छ ‘। शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचनाबाहेकका संरचना भत्काएर सकिएको छ’ ।

बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्सापासबिनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अन्देखा गरेर बसिरहेको थियो । ‘सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो ‘।

बताससँग कफी सप राख्ने विषयमा भएको सम्झौताबारे छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन’ मन्त्रालयले बिहीबार समिति गठन गरेको छ ‘। समितिले ३ दिनभित्र प्रतिवेदन दिने बताइएको छ’ ।

हेर्नुहोस् तस्वीरहरु

  

प्रकाशित मिति २०७८ पुस २३ गते शुक्रबार ०७:३१
प्रतिक्रियाहरु