माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण

माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस २४ गते शनिवार ११:३९

काठमाडौं -:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारयणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार साँझ गरिएको कोरोना परीक्षणमा अध्यक्ष ‘प्रचण्ड’ र श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्यमा...

काठमाडौं -:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारयणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार साँझ गरिएको कोरोना परीक्षणमा अध्यक्ष ‘प्रचण्ड’ र श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्यमा केही असहजता भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको उनको उहाँको सचिावलयले जनाएको छ ।रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्यस्थिती भने सामान्य रहेको बताइएको छ । उता नेता श्रेष्ठको पनि संक्रमित भएपछि आइसोलेसनमा बस्नु भएको बताइएको छ ।

नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपपछि माओवादीका धेरै नेताहरुलाई कोरोना संक्रमण भएको अनुमान गरिएको थियो ।कोरोना संक्रमण भएपछि अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुमा सतर्क रहन र स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार बिहानै बालकोट पुगेका हुन् ।

देउवा प्रधानमन्त्री बनेदेखि नै प्रमुख प्रतिपक्षी एमालेले संसदमा अवरोध जारी राखेको छ । ‘संसदको गतिरोध अन्त्य गराउन आग्रहसहित ओलीलाई भेट्न देउवा उनकै निवासमा पुगेको जनाइएको छ ‘।

यसअघि प्रधानमन्त्री र सभामुखले संसदको गतिरोध हटाउने बारे पटकपटक सर्वदलीय बैठक बोलाएका थिए’ । तर एमाले अध्यक्ष ओली ती बैठकहरुमा गएनन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउँदा पनि ओली नगएपछि देउवा नै बालकोट पुगेका हुन् ।

स्रोतका अनुसार ओली र देउवाबीच संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।’यसअघि गत मंगलबार सरकार सञ्चालन सम्बन्धी उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ओलीसँग भेटेर संसदमा अवरोध नगर्न आग्रह गरेका थिए ।

विगतदेखि नै सभामुख अग्नि सापकोटाको भूमिकादेखि असन्तुष्ट रहेका ओली र उनको पार्टीले घुमाउरो पाराले सभामुखले माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ‘। वर्तमान सत्ता गठबन्धन अपवित्र रहेको र एमाले फुटाएर माधव नेपालले गठन गरेको एकीकृत समाजवादी पार्टी पनि अवैध रहेको ओलीले बताउने गरेका छन्’ ।

प्रकाशित मिति २०७८ पुस २४ गते शनिवार ११:३९
प्रतिक्रियाहरु