गौतमबुद्ध विमानस्थल अब एक दम चाडो सञ्चालन गर्छु : पर्यटनमन्त्री आले

गौतमबुद्ध विमानस्थल अब एक दम चाडो सञ्चालन गर्छु : पर्यटनमन्त्री आले

छाँयापाटी

@छाँयापाटी

२०७८ पुस २४ गते शनिवार ०७:४८

भैरहवा -: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताएका छन् ।'शनिबार विमानस्थल निरीक्षणका क्रममा मन्त्रीले आलेले भारतसँग हवाई रुट अनुमतिका लागि मन्त्रालयले...

भैरहवा -: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताएका छन् ।’शनिबार विमानस्थल निरीक्षणका क्रममा मन्त्रीले आलेले भारतसँग हवाई रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको बताउँदै जतिसक्दो विमानस्थल चाँडो सञ्चालनमा ल्याउने बताए ।

केही समयअघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमती दिन आग्रह गरेको उनले बताए । मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको जनाए ‘। उनले मौसम सफा भएको हप्ता दिनमै क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी गरिएको जानकारी गराए ।

मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमीन हुँदासमेत एउटा मात्रै रन–वे किन बनाएको ? भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न गरे । उनले आयोजनाको ढिलाईका कारण यसअघि हुने भनिएको क्यालिब्रेसन फलाइट नभएको आरोप लगाए ‘।

मन्त्री आलेले अब ढिलाई नगर्न आयोजना र ठेकेदारलाई निर्देशन समेत दिए ।’ गौतमबुुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आईसीबी वान अर्थात् भौतिक निर्माणका काम थोरै बाँकी रहेपनि आईसीबी टुु अन्तर्गतका उपकरण जडानको काम सकिएको बताए । उनले क्यालिब्रेसन फ्लाइटका लागि विमानस्थल तयार भएको जानकारी गराए ।

आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’ केही निर्माण र फिनिसिङका काम बाँकी छन् । मन्त्री आलेले आजै लुम्बिनी गुरुयोजनाबारे जानकारीसमेत लिएका थिए’ ।

 

प्रकाशित मिति २०७८ पुस २४ गते शनिवार ०७:४८
प्रतिक्रियाहरु