संखुवासभा धर्मदेबि नगरपालिका वडा न.७ मा न्यु युवा क्लब द्वारा आयोजित चौथो ‘आङ्गबुरा कप पुरुष फुटबल प्रतियोगितामा आयोजक टिम नै बिजय भएको छ’।
शनिबार आयोजक र चात्या सा क्लब झापा बिच भएको फाईनल खेलमा आयोजकले शुन्य गोलका बिरुद्ध एक गोलि गरि बिजयि बनेको हो’। प्रदेश न.एक भरिबाट १२ ओटा टिमले प्रतियोगितामा सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष नबिन जिमिले बताएका छन् ‘।
बिजेता टिमलाई नगद रु ७५,०००/- ( पचहत्तर हजार ) र उपबिजेता टिमलाई नगद रु ४०,०००/- ( चालिस हजार) साथमा ट्रफि,मेडल,प्रमाणपत्र नगर प्रमुख रमेश कुमार जिमिले हस्तान्तरण गरेका छन्’।
तेस्तैगरि महिला फुटबल तर्फ भएको फाईनल खेलमा न्यु सयपत्रि युवा क्लब मुलगाँउ लाई थामडाँडा सक्रिय क्लब महालक्ष्मी -३ धनकुटाले पेनाल्टी सुट आउट मार्फत जित हासिल गरेको छ।
महिला फुटबल तर्फ ६ ओटा टिमले सहभागीता जनाएका थिए। महिला फुटबल बिजेता टिमले नगद रु १०,०००/-( दश हजार ) उपबिजेता टिमले नगद रु ६,०००/-( छ हजार ) ट्रफि,मेडल,प्रमाणपत्र प्राप्त गरेका छन्
प्रकाशित मिति २०७८ माघ १ गते शनिवार १०:२६