६ माघ, काठमाडौं -: आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
जसमा भर्खरै सम्पन्न...
६ माघ, काठमाडौं -: आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले टिममा स्थान बनाएका छन् ।
नियमित सदस्य सोमपाल कामी यसपटक टिममा पर्न सकेनन् । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि अन्तिम टोलीमा अटाएनन् ।
जितेन्द्र र प्रदीपले टिममा पुनरागमन गर्दा लोकेश र विवेकले पहिलो पटक टिममा स्थान बनाएका हुन् । विवेक गत वर्ष कतार टुरका लागि टी-२० टिममा परेपनि उक्त टुर रद्द भएको थियो ।
नेपाली टिम
सन्दीप लामिछाने,कुशल भुर्तेल,आशिफ शेख,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल,शरद भेषावकर,आरिफ शेख,करण केसी,जितेन्द्र मुखिया,अविनाश बोहरा,शाहब आलम,कुशल मल्ल,कमल सिंह ऐरी,विवेक यादव,प्रदीप ऐरी,लोकेश बम
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७