काठमाडौं -: नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्रको जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ’ ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले हाल पार्टीभित्र कुनैपनि कमिटी नरहेकाले जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाइ दिने निर्णय गरेको हो’ ।
कोरोना महामारीका कारण पार्टीको केन्द्रीय समिति बैठक केही दिनपछि मात्रै बोलाउने र तत्कालका लागि जनपरिचालनका कामका लागि निर्देशन दिने जिम्मा प्रचण्डलाई दिने निर्णय भएको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ‘।
त्यस्तै बैठकले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न गठबन्धनले बनाएको कार्यदलको सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको उनले जानकारी दिए ‘।
त्यस्तै सकेसम्म कम खर्चमा तीनवटा चुनाव एकैपटक गर्ने विषयमा पनि छलफल र परामर्श भएको नेता महराले जानकारी दिए ‘। निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर मात्रै चूनावका बारेमा आवश्यक निर्णयमा पुगिने उनले बताए ‘।
सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका बिषयमा सहमति हुन सकेको छैन ।’ यसअघि शुक्रबार बसेको सत्ता गठबन्धन अन्तर्गतको संयन्त्रले तीनै तहको निर्वाचन एकैपटक गर्ने बिषयमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ‘।
प्रकाशित मिति २०७८ माघ ८ गते शनिवार ०२:५०