प्रधानमन्त्री एमसिसिको बारेमा घोक्रो फुट्ने गरि बोल्ने अनि चुनावबारे बोल्दा कब्जियत भएजस्तो : भीम रावल

प्रधानमन्त्री एमसिसिको बारेमा घोक्रो फुट्ने गरि बोल्ने अनि चुनावबारे बोल्दा कब्जियत भएजस्तो : भीम रावल

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ ८ गते शनिवार ०५:३३

कपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनबारे टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका थिए । शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको...

कपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनबारे टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका थिए ।

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको सम्बोधन संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो रहेको पनि बताए ।

‘प्रधानमन्त्री देउवाको भाषण ध्यानपूर्वक पढियो । राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन! कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!’ उनले भनेका छन् ।

कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!’ उनले भनेका छन् ।

प्रकाशित मिति २०७८ माघ ८ गते शनिवार ०५:३३
प्रतिक्रियाहरु