तीनै तहको चुनावमा पाँच दलीय गठबन्धन मिल्छ तर चुनाव एक साल पर सर्छ : माधव नेपाल

तीनै तहको चुनावमा पाँच दलीय गठबन्धन मिल्छ तर चुनाव एक साल पर सर्छ  : माधव नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ ११ गते मङ्गलबार ०६:२५

काठमाडौं -: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी हुने तीनै तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने बताएका छन्' । मंगलबार रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउदै अध्यक्ष नेपालले आगामी २०७९ चैतभित्र...

काठमाडौं -: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी हुने तीनै तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेर जाने बताएका छन्’ ।

मंगलबार रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउदै अध्यक्ष नेपालले आगामी २०७९ चैतभित्र हुने तीनै तहको चुनावमा पाँच दल मिलेर जाने बताएका हुन् ‘।

अध्यक्ष नेपालले चुनाव चैत वा वैशाखमा हुन सक्नेबारे बहस भइरहेको पनि बताएका छन् ।’ उनका अनुसार संविधानमा ०७९ को चैतसम्म तीनै तहको निर्वाचन हुनुपर्छ ।’उनले भने, ‘पाँच दल मिलेर चुनावमा जान्छौं । ‘कात्तिक, मंसिरतिर केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जान सकिन्छ।’

अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको पनि बताएका छन् ।’प्रतिपक्षबाट आशा गर्ने ठाउँ रहेन । हामी लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन चाहेका छौं।

प्रकाशित मिति २०७८ माघ ११ गते मङ्गलबार ०६:२५
प्रतिक्रियाहरु