नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।
पुरुषको संख्या महिलाको...
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।
पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ ।
विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो । जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।
नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७