मौरिससविरुद्ध नेपालको शानदार जित

मौरिससविरुद्ध नेपालको शानदार जित

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ १५ गते शनिवार ०६:४९

काठमाडौं : मौरिससविरुद्धको जारी मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५५औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल रहेको थियो। नेपालको लागि यो उनको नवौं गोल हो। नेपालले पहिलो...

काठमाडौं : मौरिससविरुद्धको जारी मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५५औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल रहेको थियो।

नेपालको लागि यो उनको नवौं गोल हो। नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो।नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ।

मिडफिल्डर सुदीप गुरुङले राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् ।शनिबार नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा उनले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्न पाएका हुन् ।

सातदाेबाटो युथ क्लबका सुदीप सुरजज्यू ठकुरीकाे स्थानमा ८५ औं मिनेटमा म‌दान प्रवेश गरेका हुन् । लिगमा राम्राे प्रदर्शन गरेका सुदीप पहिलाे पटक बन्द प्रशिक्षणमा पर्दै राष्ट्रिय टिममा समावेश भएका हुन् ।

मौरिससविरुद्धको जारी मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५५औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल रहेको थियो।

 

 

प्रकाशित मिति २०७८ माघ १५ गते शनिवार ०६:४९
प्रतिक्रियाहरु