पार्टी फरक भएपनि ठुल-ठुलो भ्रष्टाचारमा नेताहरु एकै ठाँउमा भेटिन्छन र अब MCC पनि पास गर्छन – राजेन्द्र लिङदेन

पार्टी फरक भएपनि ठुल-ठुलो भ्रष्टाचारमा नेताहरु एकै ठाँउमा भेटिन्छन र अब MCC पनि पास गर्छन – राजेन्द्र लिङदेन

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ १८ गते मङ्गलबार १०:०९

काठमाडौं -: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरुको काम नै लुटेर खाने मात्रै भएको आरोप लगाएका छन् । यसअघि उनले ‘नेताहरुलाई जनताले चोर भन्न थालेको’ बताएपछि चर्चा पाएका थिए । पछिल्लो...

काठमाडौं -: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरुको काम नै लुटेर खाने मात्रै भएको आरोप लगाएका छन् । यसअघि उनले ‘नेताहरुलाई जनताले चोर भन्न थालेको’ बताएपछि चर्चा पाएका थिए ।

पछिल्लो पटक एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लिङदेनले देश विग्रियो भने शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई कुनै असर नगर्ने वरु नेपाली जनतालाई चै समस्या हुने बताए ।

‘यो देश विग्रियो भने अव शेरबहादुर देउवाको के विग्रिन्छ भन्या ? यो देश विग्रियो भने केपी ओली, प्रचण्डहरुको के विग्रिन्छ ?’ उनले भने–‘यो देश विग्रियो भने तपाईहरुको भविष्य विग्रिन्छ।

नेताहरुको काम देशको विकास गर्ने नभई मिलाई जुलाई लुट्ने मात्रै भएको उनले आरोप लगाए । ‘यसो हेर्यो, नेता हेर्यो। नेताले गर्ने काम के रहेछ भन्दाखेरी, मिलाई जुलाई लुट्ने–खाने उनले भने।

फरक-फरक पार्टी र एक आपसमा विरोध देखिएपनि देशका ठुला भ्रष्टाचारमा सवै नेता एकै ठाउँ भेटिने गरेको उनको आरोप छ। ‘भन्ने वेलामा कांग्रेस भन्छ, भन्ने वेलामा एमाले भन्छ, भन्ने वेलामा माओवादी भन्छ।

एकअर्काको विरोधीको रुपमा देखिन्छन। काटाछिन–मारामार देखिन्छ’ उनले थपे–‘तर, देशको ठुल–ठुलो भ्रष्टाचार काण्डहरुमा उनीहरु एकै ठाउँ भेटिन्छन् ।

प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको हाे ।

शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको सरकारको आरोप छ । संसद्का बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ ।

तर माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि पदीय आचरण नगरेको आरोपमा सभामुखविरुद्ध प्रस्ताव ल्याउन गृहकार्य सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी सदनमा टेबुल गराउन चाहन्छन् । प्रतिपक्षी एमालेले पनि सभामुखले गैरसांसदलाई संसद् बैठकमा बस्न अनुमति दिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । एमालेले गठबन्धन तोड्ने सर्तमा एमसीसी पारित गर्ने प्रस्ताव राखेको छ । याे खबर आजको नागरिक दैनिकमा छ

प्रकाशित मिति २०७८ माघ १८ गते मङ्गलबार १०:०९
प्रतिक्रियाहरु