आफ्नै भवनमा सर्यो चौदण्डीगढी नगरपालिका,परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरे उद्घाटन

आफ्नै  भवनमा सर्यो  चौदण्डीगढी नगरपालिका,परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरे उद्घाटन

छाँयापाटी

@छाँयापाटी

२०७८ माघ २२ गते शनिवार ०१:०५

उदयपुर बेल्टार माघ २२ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका को नयाँ भवन उदघाटन तथा १५ सया को आधारभूत अस्पताल सिलान्यास गर्नु भएको छ नेपाल सरकार का परराष्ट मन्त्री माननीय डा.नारायण खड्का त्यस्तै प्रदेश मन्त्री माननीय भौतिक तथा...

उदयपुर बेल्टार माघ २२ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका को नयाँ भवन उदघाटन तथा १५ सया को आधारभूत अस्पताल सिलान्यास गर्नु भएको छ नेपाल सरकार का परराष्ट मन्त्री माननीय डा.नारायण खड्का त्यस्तै प्रदेश मन्त्री माननीय भौतिक तथा पूर्वधार मन्त्री हिमाल कार्की ज्यू को हात बाट उदघाटन तथा सिलन्यास भएको छ

उक्त समाहरो मा नगर प्रमुख खगेन्द्र राई उप प्रमुख रीता कुमारी चौधरी लगायत १० ओटा ओढा का प्रमुख ज्यू हरुले शुभकामना सन्देश दिनु भएको थियो भिभिन् राजनीतिक दलका नेता तथा कार्यकर्ता तथा बुद्धि जिवि हरुको बाक्लो उपस्थिति रहेको थियो साथै अब चौदण्डीगढी नगरपालिका ले चाडैनै धेरै चीज मा मुहार फेर्ने बाचा गर्नु भयो नगर प्रमुख खगेन्द्र राई ले

आजको समारोह मा नेकपा एमालेका नेता तथा कार्यकर्ता ले विरोध पनि गर्नु भएको थियो तेल को मूल्य बिर्धि फिर्ता लिन र MCC खारेज गर्न समेत नेकपा एमालेका नेता तथा कार्यकर्ता ले नेपाल सरकार सुझाव दिएका छन्

७ नं. वडा साकेला चोक स्थित नव निर्मित आफ्नै प्रशासनिक भवनमा शनिबारदेखि सर्ने भएको हो ।एक वर्षअघि वोल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौतागरी निर्माण कार्य शुरु गरेको थियो ।तीनतले भवनमा विद्युतीय भ¥याङ (लिफ्ट)समेत जडान गरिएको नगर प्रमुख खगेन्द्र राईले बताएका छन् ।

नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार उद्घाटन गर्ने भनिएको भवनमा कूल ५२ वटा आकर्षक कोठाहरु निर्माण गरिएको नगर प्रमुख खदेन्द्र राईले जानकारी दिनु भयो ।त्यस्तै उदघाटन समारोह मा प्रदेश मन्त्री माननीय हिमाल कार्की अनि विभिन्न राजनीतिक दलका नेता तथा नेपाली कांग्रेस का जिल्ला स्तरीय नेता १० ओटै ओडा का जनप्रतिनिधि को बाक्लो उपस्थिति रहने नगर प्रमुख खगेन्द्र राई ले जानकारी दिनु भयो

स्मरण रहोस् ०७२ मा तत्कालिन बेल्टार–बसाहा नगरपालिका भएको समयमा यही भवन कहाँ कुन ठाउँमा निर्माण गर्ने हो, भन्ने विषयमा बेल्टार र बसाहाका स्थानीयबीच विवाद भइ कटकपटकको बजेट फ्रिज भएको थियो ।

तर ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतसहित विजय हासिल गरेपछि नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि स्थान टुंगो लागेको थियो ।स्थान टुंगो लागेसँगै नयाँ भवन निर्माणको लागि ठेक्का आह्वान गरेको थियो ।आफनै भवनमा चौदण्डीगढीनगरपालिका सर्दै

 

प्रकाशित मिति २०७८ माघ २२ गते शनिवार ०१:०५
प्रतिक्रियाहरु