काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा शनिवार काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको हो’ ।
बबरमहलबाट शुरु भएको जुलुसको नेतृत्व नेकपा केन्द्रीय सदस्य योगनारायण यादव तथा युवा संघका नेताहरु सन्जिव झा र शम्भु साह लगायतले गरेका थिए । युवा संघका संस्थापक अध्यक्ष केपी ओलीको समर्थनमा मधेशी समुदायले जनकपुरमा प्रदर्शनपछि काठमाडौंमा धोती जुलुस निकालिएको शम्भु साहले बताए’ ।

मैथिली भाषामा ‘धोती कुर्था गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर सहितको प्रदर्शन माइतीघर,भद्रकाली हुँदै युवा संघको राष्ट्रिय भेलास्थल प्रज्ञा भवन पुगेको थियो’ ।
प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाका नेता योगेश भट्टराईले सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञिप्ति जारी गर्नुलाई स्वागतयोग्य भनेका छन्’ ।
दैलेखको दुल्लुमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुगेका नेता भट्टराईले प्रतिनिधिसभा विघटनविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने पनि बताए’ ।
‘प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी ढंगमा गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी छ’, उनले भने, ‘अहिले संविधानको रक्षा गर्ने सबै पंक्ति आन्दोलनमा छौं । प्रमुख प्रतिपक्षी दलले पनि ओलीको कदमको विरोध गरेको छ । अहिले उहाँहरु पनि आन्दोलनमा नै हुनुहुन्छ’ । अबको केही समयपछि एकीकृत रुपमा आन्दोलन गर्छौं ‘।उनले नेकपाको आधिकारिक दल आफूहरुकै भएको दावी पनि गरे’ ।
प्रकाशित मिति २०७७ पुस २५ गते शनिवार ०२:३२