माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन्' ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन्’ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।’ तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् ।’एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन’ । हाम्रो विरोध कायमै छ,’ श्रेष्ठले भने ।
विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका छन् । ‘काठमाडौंको माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मीनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन्’ ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । ‘विद्यार्थीहरुको प्रदर्शनका क्रममा प्रहरीसँग ठेलमठेल भएको छ ‘।
यसैबीच नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले बानेश्वरको सडकमै एमसीसी स्वाहा कार्यक्रम गरेको छ । ‘सो क्रममा एमसीसीको विरोध गर्दै उनीहरुले सडकमै एमसीसी स्वाहा भन्दै होम गरेका हुन् ‘।
त्यस्तै अन्य साना दलहरु माइतीघरमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । ‘ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ‘सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७