नेपालले आज क्यानडासँग खेल्दै “क्याप्टेन भन्छन गेम जसरि नि जीत्छौ” (भिडियो)

नेपालले आज क्यानडासँग खेल्दै “क्याप्टेन भन्छन गेम  जसरि नि जीत्छौ” (भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण ९ गते सोमबार ०८:३७

९ फागुन, काठमाडौं -: ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि...

टी-२० विश्वकप ग्लोबल क्वालिफायर

९ फागुन, काठमाडौं -: ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

यदि नेपाल क्यानडासँग पराजित भएमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यसमा नेट रनरेट निर्णायक बन्नेछ ।आजै अर्को खेलमा ओमानले फिलिपिन्ससँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ

प्रकाशित मिति २०७८ फाल्गुण ९ गते सोमबार ०८:३७
प्रतिक्रियाहरु