सरकार छोड्ने कुरा भएको छैन,सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

सरकार छोड्ने कुरा भएको छैन,सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण १३ गते शुक्रबार १०:५७

धनगढी -:  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले...

धनगढी -:  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ ।

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् भन्ने हल्ला चलाइएको छ, हामी पार्टीले जे निर्णय गर्छ, त्यही हाम्रो अन्तिम निर्णय हुनेछ, हामी आफूखुशी केही गर्नेवाला छैनौँ ।

यसैगरी मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागि आफू लागि परेको जानकारी दिनुभयो । धनगढी विमानस्थलसहित देशैभरिमा रहेका विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय हरहमेशा लागिपरेको उहाँको भनाइ थियो ।

 

प्रकाशित मिति २०७८ फाल्गुण १३ गते शुक्रबार १०:५७
प्रतिक्रियाहरु