गगन थापाको आरोप “देश बिकाश नहुनुमा केपी ओली जिमेवार हुन्” सही के गलत ?

गगन थापाको आरोप “देश बिकाश नहुनुमा केपी ओली जिमेवार हुन्” सही के गलत ?

छाँयापाटी

@छाँयापाटी

२०७८ फाल्गुण २० गते शुक्रबार ०९:००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ’ भन्नेहरुका छोराछोरी अमेरिका गइसकेको बताएका छन् ।शुक्रबार कास्कीमा कांग्रेसद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले ‘मागेर देश चल्छ भन्नेका...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ’ भन्नेहरुका छोराछोरी अमेरिका गइसकेको बताएका छन् ।शुक्रबार कास्कीमा कांग्रेसद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ जवाफ दिएका हुन् ।

गत फागुन गते बसेको संघीय संसद्को रोष्टममा उभिएर थापाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)

व्याख्यात्मक घोषणसहित पारित गर्नुअघि उनले आफ्नो विचार प्रस्तुत गर्दा अमेरिकालगायत जुनसुकै देशले अनुदान दिए पनि स्वीकार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि विदेशी राष्ट्रबाट मागेर नेपाल चल्छ भन्दै थापाको चौतर्फी आलोचना गरिएको थियो। शुक्रबार यसतर्फ संकेत गर्दै थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ बताए ।

उनले भने, ‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ–मागेर देश चल्छ ? मागेर अस्पताल बनाउने रु गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन। उनीहरू उत्तेजनाको राजनीति गर्छन्।

कांग्रेसका नेताहरूको खुबी कसैलाई कुनै विषयमा उचाल्ने भन्दा पनि सबैलाई मिलाएर लैजाने भएको थापाको भनाइ थियो। कुनै पार्टीसँग तालमेल भए पनि अरूभन्दा कांग्रेस फरक भएको उनको जिकीर थियो।

ह्वात्तै सक्रियता बढाएका विप्लवको दाउ अर्कै, प्रहरी बन्यो चनाखो !

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तीन बुँदे सहमति पछि शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्दै जनतामा आफ्नो विचार प्रबाह गरिरहेको छ । अहिले चलिरहेको संसदीय व्यवस्थाबाट देश र श्रमजिवी जनताले मुक्ती नपाउने भन्दै वैकल्पिक व्यवस्थाका लागि एकीकृत जनक्रान्तिका मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्दै संघर्ष गरिरहेको छ ।

देशभर अभियान चलाएर संगठन विस्तारमा लागेको नेकपा केही महिनायता एमसीसी विरुद्धको संघर्षमा छ । व्याख्यात्मक घोषणासहित संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि विप्लवको सक्रियता बढेको छ ।

विप्लवले एमसीसीमा असन्तुष्ट नेताहरुलाई भेटेर माहोल बनाइरहेका छन् । त्यसको सुरुवात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबाट गरेका छन् ।

पार्टी विभाजनका लागि समेत तयार हुने भनेर माओवादीभित्र छुट्टै छलफल श्रेष्ठले चलाईरहेका बेला विप्लवले उनलाई भेटेर पार्टी एकताको प्रस्ताव राखेका छन् ।

पार्टीमा अन्तरसंघर्ष चर्किरहेका बेला विप्लवसँग श्रेष्ठको अंकमालले माओवादीका धेरै नेतालाई झस्काएको छ । यसअघि श्रेष्ठको असन्तुष्टिमा खासै ‘सिरियस’ नदेखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुनलगायतका नेताहरू हात्तीवनमा श्रेष्ठलाई भेट्न पुगे ।

विप्लवले बुधबार नै श्रेष्ठपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवालसँग भेट गरे । त्यस्तै साँझतिर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटघाट गरे । source: galaxykhabar

प्रकाशित मिति २०७८ फाल्गुण २० गते शुक्रबार ०९:००
प्रतिक्रियाहरु