संविधानको धारा ७६ (७) ले सरकार बनाउन सकेन भने चुनावमा जाऊ भनेको छ – ओली

संविधानको धारा ७६ (७) ले सरकार बनाउन सकेन भने चुनावमा जाऊ भनेको छ – ओली

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २७ गते सोमबार ११:३९

काठमाडाैं-:  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन गर्ने वैकल्पिक आधार नभएमा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जान अधिकार संविधानले दिएको जनाएका छन्। राष्ट्रियसभालाई विशेष सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको...

काठमाडाैं-:  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन गर्ने वैकल्पिक आधार नभएमा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जान अधिकार संविधानले दिएको जनाएका छन्।

राष्ट्रियसभालाई विशेष सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (७)ले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था भएमा ताजा जनादेशमा जाने अधिकार दिएको उल्लेख गरेका हुन्।

“संविधानका धारा ७६ (७)ले वैकिल्पक सरकार गठन गर्ने अवस्था नभएमा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जान पाउने अधिकार दिएको छ। मैले त्यही अधिकार प्रयोग गरी ताजा जनादेशमा जाने निर्णय लिएका हुँ,”प्रधानमन्त्री ओलीले भने, प्रतिनिधिसभा विघटन मैले भारी मनले गरेको हुँ, यो मेरो रहर होइन, बाध्यता हो।

वैकल्पिक सरकार गठन गर्ने अवस्था नभएपछि संविधानको धारालाई टेकेर आफू प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको उनले जनाएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने अवस्थासम्म आफूसँग ६४ प्रतिशत मत रहेको र सो भन्दा बाहिर ३६ प्रतिशत मतमात्रै रहेकाले प्रधानमन्त्री चयन गर्ने अवस्था नभएकाले संविधानअनुसार ताजा जनादेशमा जाने तर्क गर्दै आएका छन्।

प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार ११:३९
प्रतिक्रियाहरु