स्थानीयको साथले बारा बन्यो ओलीमय, प्रचण्ड र नेपालको गयो सातो

स्थानीयको साथले बारा बन्यो ओलीमय, प्रचण्ड र नेपालको गयो सातो

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २७ गते सोमबार ०३:५६

बारा, पुष २७ -: नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बारामा वृहत भेला गरेको छ । भेलामा स्थानीयको निक्कै ठुलो साथ पाएको छ । बाराको कलैयामा आयोजित वृहत् जिल्ला भेलामा उपप्रधानमन्त्री एंव नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, शहरी विकास...

बारा, पुष २७ -: नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बारामा वृहत भेला गरेको छ । भेलामा स्थानीयको निक्कै ठुलो साथ पाएको छ । बाराको कलैयामा आयोजित वृहत् जिल्ला भेलामा उपप्रधानमन्त्री एंव नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु शाह, पूर्वमन्त्री एव स्थायी कमिटी सदस्य रघुविर महासेठ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ’ ।

नेकपा प्रचण्ड–माधव समूह निर्वाचनबाट भाग्ने अवस्थामा पुगेका छन् ‘। देशभरी विरोधका कार्यक्रम गरेको सो समुहले अपेक्षा गरेभन्दा निक्कै कम संख्यामा जनताले साथ दिएपछि अब निर्वाचन प्रक्रिया नै रोक्न दवाव दिने निचोडमा पुगेको हो’ ।

देशभरी प्रधानमन्त्री केपी शर्मा ओली पक्षको आक्रमक संगठन विस्तार र कार्यक्रममा स्थानीयले साथ दिएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुह निर्वाचनको मैदान छाड्ने मुडमा पुगेको छ ‘।

भारतको सहयोग माग्न नयाँ दिल्ली हुँदै मुम्बई पुगेर फर्किएका प्रचण्ड अब निर्वाचन आयोगलाई तस्र्याउने निर्णयमा पुग्नु भएको छ’ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा ‘हामी यहाँ छौं’ भनेर सडकमा धर्ना बसेर सर्वोच्चलाई धम्काईरहनु रहेको सो समुहले अब भने निर्वाचन आयोगलाई धम्क्याउने थालेको छ ‘।

सो समुहका एक नेताका अनुसार अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । आयोगले पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेको ति नेताले जानकारी दिए । सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ ‘।

तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएको छ । यसलाई रोक्नुपर्छ भनेर दुई अध्यक्ष जान लाग्नु भएको हो’, ती नेताले भन्नुभयो’ ।

प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार ०३:५६
प्रतिक्रियाहरु