ओलीले भारतीय मिडिया लाइ थर्काए पछि नेपालमा ओलीको जय जय कार

ओलीले भारतीय मिडिया लाइ  थर्काए पछि नेपालमा ओलीको जय जय कार

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २८ गते मङ्गलबार ०१:११

काठमाडौं-:  प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका छन्।सोमबार भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको...

काठमाडौं-:  प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका छन्।सोमबार भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन्’।

पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए’।

उनले भारत र चीनको वार्ताका लागि मध्यस्थता गर्ने बताएका छन् ‘। भारतीय सन्चारमाध्यम जी न्युजमा सुधिर चौधरीसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

उनले भारत र चीनबीच नेपालले सौहार्द सम्बन्ध भएको हेर्न चाहेको बताएका छन् ।अन्तर्वार्तामा उनले भारतले आफूलाई पहिले नै सम्झिएको थियो भने आफूलाई बोस नसम्झिने बताएका छन् । अन्तर्वार्ताकारलाई उनले यस्तो नहुने पनि बताए’ ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।उनले दुई देशका प्रधानमन्त्री भएपछि कोही पनि सानो र ठूलो नहुने बताएका छन् । उनले देशका प्रधानमन्त्रीको अवस्था र सम्बन्ध एउटै हुने पनि बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाइए नभएको बताएका छन्। उनले सानो र ठूलोको सोँचले नै समस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्’।

उनले भने, ‘यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाई होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो सानो, ठूलोको मानसिकता त्याग्ने हो भने समस्या हुँदैन। व्यक्तिगतरुपमा मोदी दाई हुन। होलान्, उमेरका हिसाबले। तर जब दुई प्रधानमन्त्री बस्छन् त्यहाँ कोही सानो ठूलो हुँदैन। संसारमा कैयौं कान्छा मान्छे पनि प्रधानमन्त्री छन् राष्ट्रपति छन्’। कति त मैले राजनीति शुरु गर्दा जन्मेकै थिएनन् होला।’

भारत र चीनको आपसी सम्बन्धमा नेपालको भूमिकाबारे सोधिएको प्रश्नमा प्रधानन्त्री ओलीले दुबै छिमेकीसँग नेपालले तथस्टताका साथ सन्तुलित सम्बन्ध कायम राख्ने र राखिरहेको बताए। उनले भने, ‘छिमेकी परिवर्तन गर्न सकिँदैन। भारत र चीन दुबै आकार र जनसंख्यामा ठूला छन्। असन्तुलनलाई मेटाउनु पर्छ। राजनीतिक रुपमा पनि केही भिन्नता छन्। दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौं । नेपालले कुनै कार्ड खेल्दैन। कार्ड खेल्ने र छक्काउने कुरा छोड्नुपर्छ।’

प्रकाशित मिति २०७७ पुस २८ गते मङ्गलबार ०१:११
प्रतिक्रियाहरु