काठमाडौं-: पूर्व प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्बोच्च अदालतका’ न्यायाधीशरुको समेत अभिव्यक्ति सुनेपछि प्रतिनिधि सभा पुनःस्थापना हुनेमा आफू ढुक्क बनेको बताएका छन्’ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा नहुने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका प्रचण्डले मंगलवार पोखरामा आयोजित कार्यकर्ता भेलामा अदालतले संसद पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ‘।
प्रचण्डले भने–सर्बोच्चले संसद पुनःस्थापना गर्छ भन्नेमा मलाई पूर्ण विश्वास छ ‘। यो कुनै काल्पनिक विश्वास होइन, कुराकानीका आधरमा हो । धेरैसँगको अन्तरक्रिया, संविधानविदहरुको कुरा र न्यायधीशहरुको अभिव्यक्ति सुनेपछि म ढुक्क भएको हुँ, तपाईहरु पनि ढुक्क हुनुस् संसद पुनःस्थापना हुन्छ ‘।
सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गरेमा वा अन्यथा भएमा सबैभन्दा ठूलो जन अदालतनै भएकाले आफूहरु जन अदालतमा जाने बताए । प्रचण्डले आफूहरु सर्बोच्च अदालतप्रति विश्वस्त रहे पनि जनताको अदालतकार्य जागरुक बनाउने बेला आएको बताए ‘।
उनले भने सर्बोच्चले संविधानको सही ब्याख्या गर्छ । ढिलाइ भयो वा अन्यथा भयो भने सबैभन्दा ठूलो अदालत भनेको जनताको अदालतनै हो ‘। जनताको अदालतले हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ७-८ वर्षपछि संसद पुनःस्थापना गरेको थियो’ । हामी फेरि एकपटक जनताको साथमा जानुपर्ने हुनसक्छ ‘।
प्रकाशित मिति २०७७ पुस २८ गते मङ्गलबार ०४:५७