एमसीसी अस्वीकार गरेकै कारण श्रीलंका कागज किन्न नसक्ने हालतमा पुगेको भन्दै नेपाली कांग्रेसले दियो कडा प्रतिक्रिया !

एमसीसी अस्वीकार गरेकै कारण श्रीलंका कागज किन्न नसक्ने हालतमा पुगेको भन्दै नेपाली कांग्रेसले दियो कडा प्रतिक्रिया !

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत ६ गते आईतबार १०:२४

काठमाडौं ।श्रीलंकाबाट सार्वजनिक भएको एउटा खबरले नेपाललाई समेत झस्काएको छ । वित्तीय संकट भोगिरहेको श्रीलंकाले डलर अभावका कारण कागज किन्न नसक्दा स्कुल परिक्षा रद्द गरेको खबर बाहिरिएपछि नेपालमा यसबारे टिकाटिप्पणी सुरु भएका छन्...

काठमाडौं ।

श्रीलंकाबाट सार्वजनिक भएको एउटा खबरले नेपाललाई समेत झस्काएको छ । वित्तीय संकट भोगिरहेको श्रीलंकाले डलर अभावका कारण कागज किन्न नसक्दा स्कुल परिक्षा रद्द गरेको खबर बाहिरिएपछि नेपालमा यसबारे टिकाटिप्पणी सुरु भएका छन् ।

यहि साता सोमबारदेखि सुरु हुन् गईरहेको स्कुल परिक्षा अनिश्चित कालका लागि स्थगित गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

भारतको द हिन्दुस्तान टाइम्समा प्रकाशित खबरका अनुसार तिब्र कागजको अभावका कारण श्रीलंकाले अनिश्चित कालका लागि स्कुल परिक्षा स्थगित गरेको हो। यहि सोमबारबाट एक साताको लागि परिक्षा निर्धारित गरिएको थियो।

सन १९४८ को स्वतन्त्रतापछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले स्कुल परीक्षाको लागि चाहिने कागज किन्नलाई डलर अभावका कारण परिक्षा स्थगित गरेको त्यहाँका शिक्षा अधिकारिहरुले जनाएका छन्।

यस निर्णयबाट श्रीलंकाका लाखौँ बिद्यार्थीहरुको परिक्षा प्रभावित भएको छ। यो निर्णयले ४५ लाख बिद्यार्थीहरु मध्ये करिब दुइ तिहाई बिद्यार्थीको परिक्षा रोकिनेछ। यो परिक्षा बर्षको अन्त्यमा बिद्यार्थीलाई अर्को कक्षामा बढुवा गर्न मिल्छ कि मिल्दैन भनेर मुल्यांकन गर्ने एउटा आधार हो।

अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक सङ्कटले श्रीलंकामा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ।

यो अवस्थाका कारण अन्तराष्ट्रिय मुद्रा कोषले श्रीलंकाको बिग्रदै गएको विदेशी ऋण संकट समाधान र बाह्य सच्न्चिती बढाउँन बेलआउट खोज्न सक्नेछ। बेलआउटमा छलफल गर्न राष्ट्रपति गोटाबाया राजापाक्षेको बुधवारको आश्चर्यजनक अनुरोधलाई कोषले विचार गरिरहेको छ।

यस वर्ष कोलम्बोको करिब ट।ढ बिलियन ४ ऋण तिर्न आवश्यक छ तर यसको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीको अन्त्यमा लगभग द्द।घ बिलियन ४ थियो।

श्रीलंकाको सरकारले बिजुली अवरुद्ध गर्ने र दूधको धुलो, चिनी, दाल र चामलको रासनको व्यवस्था गरेपछि किराना र तेलका लागि देशभर लामो लाइन लागेको छ ।

यस वर्षको सुरुमा श्रीलंकाले चीनलाई ऋण भुक्तानी रोक्न मद्दत गर्नको लागि आफ्नो मुख्य ऋणदातालाई आग्रह गरेको थियो तर बेइजिङबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

यसैबीच, नेपाली कांग्रेसका नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसी पास नगरेका कारण श्रीलंकाको हालत यस्तो भएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्र जंग शाहीले एमसिसि अस्विकार गरेर बहुत रास्ट्रबादि भएको श्रीलङ्काको हालत क्याप्सन लेखेर आर्थिक संकटमा श्रीलंकाः परीक्षाका लागि कागज पनि किन्न सकेन शीर्षकको समाचार सेयर गरेका छन् ।

स्रोतका अनुसार कांग्रेसका अन्य केन्द्रीय प्रभावशाली नेताहरुले समेत एकआपसमा कुरा गर्दा एमसीसी अस्वीकार गरेको भए नेपालको हालत पनि श्रीलंकाको जस्तै हुनेथियो भन्ने गरेका छन् ।galaxykhbabar

प्रकाशित मिति २०७८ चैत ६ गते आईतबार १०:२४
प्रतिक्रियाहरु