भिम रावलको ४२ करोड भ्रष्टाचार काण्डको पर्दाफास, जेल जाने खतरा

भिम रावलको ४२ करोड भ्रष्टाचार काण्डको पर्दाफास, जेल जाने खतरा

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २९ गते बुधबार ११:४९

काठमाडौं, २९ पुस -:  केपी ओली नेतृतवको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवम् वन मन्त्री प्रेम घलेले पूर्वमन्त्री डा.भीम रावलले ४० करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन् । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान...

काठमाडौं, २९ पुस -:  केपी ओली नेतृतवको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवम् वन मन्त्री प्रेम घलेले पूर्वमन्त्री डा.भीम रावलले ४० करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ता दिने क्रममा आलेले डा.रावल सबैभन्दा ठूलो भ्रष्टाचारी भएको बताए । उनले भने, ‘०५५ सालमा पर्यटन मन्त्री भएका बेला डा.भीम रावलले चाइना साउथ वेस्ट खरिदमा ४० करोड भ्रष्टाचार गर्नुभएको छ । भ्रष्टाचार गरेकै कारण पर्यटन मन्त्री रहँदा निर्वाचनमा उम्मेदवार बनेका बेला अछामका जनताले भ्रष्टाचारी भनेर उहाँलाई ०५६ सालमा हराएर पठाएका हुन् ।

मन्त्री आलेले डा.रावल रक्षा मन्त्री हुँदा नेपाली सेनाको बिस्कुट खरिदमा दुई करोड रुपियाँ भ्रष्टाचार गरेर खाएको आरोप पनि लगाएका छन् । ‘रक्षा मन्त्री रहेका बेला डा.रावलले सेनाको बिस्कुट खरिदमा दुई करोड खाएको होइन ? सार्वजनिक लेखा समितिमा सांसद रामहरि खतिवडाले कुरा उठाएको होइन ?’, मन्त्री आलेले प्रश्न गर्दै भनेका छन्, ‘मैले व्यवसाय गर्न नपाउने ? ठेक्का पट्टा गर्न नपाउने ? बहादुरसिंह लामा पनि ठेकेदार हो नि ।’

मन्त्री आलेले डा.रावलले अछाममा रावल र कुँवरमा मात्रै सीमित भएर राजनीति गरेको बताएका छन् । ‘रावलवाद र कुँवरवादमा भीम रावलको राष्ट्रवाद समाप्त हुन्छ’, उनले भनेका छन् ।डा.भीम रावल विकास प्रेमी होइन विकास विरोधी हो । उहाँ पटक–पटक उप–प्रधानमन्त्री र मन्त्रीहरू बन्नुभएको छ । केही काम गर्नुभएको छैन’ मन्त्री आलेले भने, ‘डा.भीम रावलले गरेको भन्दा धेरै काम गरेर देखाउँछु ।’

मन्त्री आलेले आफूलाई डा.रावलले काठ तस्कर भनेर लगाएको आरोप अस्वीकार गरेका छन् । ‘म काठ तस्कर होइन । ०५५ सालमा जिविसको सदस्य थिएँ । सल्लाका रुख काटिएका थिए । त्यस बेला मैले रुख काटिएको विषयमा आवाज उठाएँ । सुनुवाइ भएन । वन विभागमा उजुरी हाले । अछामका वन कार्यालयका हाकिम हरि नाराययण मण्डलसहितका कर्मचारीलाई निलम्बन गराएँ ।’

‘राधेश्याम बलायरको पार्टनर भनेर मलाई बदनाम गरियो’ उनले भने, अदालतमा मैले मुद्धा हाले । जिल्ला र पुनरावेदनबाट मेरो पक्षमा फैसला भएको छ ।मन्त्री आलेले पूर्वमन्त्री डा.रावललाई नातावादको आरोप लगाउँदै वन तस्करहरूलाई संरक्षण गरेर राखेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा लेखा समितिमा डा.भीम रावलका मान्छे छन् । माया भट्ट अहिलेको वन मन्त्री डा.रावलको मान्छे हो । सर्वदन पनि उहाँकै मान्छे हो । गोविन्द कुँवर आफ्नै भिनाजु हो । पदम कुँवर लेखा समितिको सभापति हो । काठ व्यवसायी कर्ण कुँवर उहाँकै मान्छे हो, मन्त्री आलेले भने, ‘डा.रावलले हो वन तस्करलाई संरक्षण गरेको । वन विनास गर्ने डा.रावल हो । म होइन । रावलका मान्छे तस्कर हुन् ।

मन्त्री आलेले सुदूरपश्चिममा डा.रावललाई हराउने चेतावनी दिएका छन् । उनले भने, सुदूरपश्चिममा एक सिट जिताएर देखाउनुस् मेरो चुनौति छ । होइन भने ओलीको पक्षमा माहोल छ ।

प्रकाशित मिति २०७७ पुस २९ गते बुधबार ११:४९
प्रतिक्रियाहरु