विप्लवलाई माओवादी केन्द्रमा ल्याउन प्रचण्डले खटाए यी दुई केन्द्रीय नेतालाई

विप्लवलाई माओवादी केन्द्रमा ल्याउन प्रचण्डले खटाए यी दुई केन्द्रीय नेतालाई

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत १४ गते सोमबार ०२:११

काठमाडौं । नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लव र खड्ग बहादुर विश्वकर्मा प्रकाण्डको अन्य विषयमा मतभेद रहे पनि चुनावमा जानुपर्छ भन्नेमा एकमत थियो। सोहीअनुसार विप्लवले अहिले कपिलवस्तुमा चलिरहेको पार्टी केन्द्रीय कमिटीको बैठकमा...

काठमाडौं ।

नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लव र खड्ग बहादुर विश्वकर्मा प्रकाण्डको अन्य विषयमा मतभेद रहे पनि चुनावमा जानुपर्छ भन्नेमा एकमत थियो। सोहीअनुसार विप्लवले अहिले कपिलवस्तुमा चलिरहेको पार्टी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए। चुनावलाई उपयोग गर्नुपर्ने विप्लवको एजेन्डालाई प्रकाण्डसहित केही नेताहरूले मात्रै साथ दिए। जसले गर्दा विपल्वको एजेन्डा अल्पमतमा प¥यो।

चुनावमा जान नहुने बहुसंख्यक नेताहरूको धारणापछि नेकपाले बीचको बाटो लिने तयारी गरेको छ। उसले आफ्ना कार्यकर्तालाई स्वतन्त्र रूपमा निर्वाचन लड्न दिने भनेको छ।

तर निर्वाचन आयोगमा दल दर्ता भने नगर्ने भनेको छ। ‘हामी चुनावमा भाग लिँदैनौं। तर स्वतन्त्र रूपमा निर्वाचनमा लड्नबाट कार्यकर्तालाई रोक्दैनौं,’ नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले भने,‘हाम्रा एजेन्डासँग मिल्नेहरूलाई हाम्रो सहयोग रहन्छ। हामी यो व्यवस्थाको भण्डाफोर गरेर अघि बढ्छौं।

११ दिनदेखि जारी नेकपाको बैठक सोमबार सकिने बाँस्तोलाले बताए। नेकपाले न त चुनावमा भाग लिने न त अर्को कुनै खालको नीति लिने गरेका कारण पार्टी थप अन्यौलतामा गएको नेता–कार्यकर्ताहरूको बुझाइ छ।

चुनावमा भाग पनि नलिने तर स्वतन्त्र रूपमा कार्यकर्तालाई चुनाव लड्न दिने भनिएको छ। यो के भन्ने खोजिएको हो। किन यस्तो अन्यौलता राख्न खोजिएको छ,’ नेकपाका एक नेताले भने,‘एकातिर चन्दा उठाउने धन्दा मात्रै गरेको भन्ने आरोप पार्टीलाई लागेको छ। अब भोट बेचेको आरोप लाग्ने होला।’

चुनाव जित्न सकिन्छ भन्ने आत्मविश्वास भएका र जनमत भएकाहरू चुनावको पक्षमा देखिए पनि जनमत नभएकाहरूको पार्टीमा बहुमत भएकाले यो अवस्था आएको ती नेताको तर्क छ। आन्दोलन कुन उद्देश्यले गरिएको थियो र अहिलेको परिस्थितिको जवाफ नेतृत्वले कसरी दिन्छ भन्ने विषय महत्वपूर्ण रहेको अर्का एक नेताले बताए।

‘हाम्रो आन्दोलनमा १२ जना सहिद भए। हामीले यसको औचित्य कसरी पुष्टि गर्ने होरु हाम्रो अबको बाटो के हो भनेर स्पष्ट छैन,’ ती नेताले भने,’कार्यकर्तालाई राजनीतिमा हिँड्न लगाउने अनि शिवगढीमा धान र गहुँ काटेर मात्रै वैज्ञानिक समाजवाद स्थापना त हुँदैन होला।

अरू दलसँग पार्टी एकता गरेर अघि बढ्ने कि एक्लै हिँड्ने भन्नेमा समेत नेकपाभित्र चर्को मतभेद छ। अहिलेकै पार्टीलाई संगठित बनाएर अघि बढ्नुपर्ने पक्षमा विप्लव रहेको स्रोतको दाबी छ। पार्टी एकता गर्नै परे माओवादी केन्द्रसँग गर्नुपर्ने विप्लवसहित बहुसंख्यक नेताहरूको धारणा छ। तर प्रकाण्ड भने एमालेसँग एकता गर्नुपर्ने पक्षमा छन्।

विप्लवलाई माओवादी केन्द्रमा ल्याउन माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सक्रिय पहल गरेका छन्। माओवादी केन्द्रका प्रभावशाली नेताहरू वर्षमान पुन र जनार्दन शर्मा विप्लवलाई ल्याउने पक्षमा नरहेको विप्लव निकट स्रोतको दाबी छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा छ।

विप्लवको घर पनि त्यहीँ हो। उनले कपिलवस्तुको शिवगढीमा जनकम्युन स्थापना गरेका छन्। जन–स्वास्थ्यको भवनसमेत उनकै पहलमा बनेको छ। उनले कपिलवस्तुलाई केन्द्र बनाउनुको सांकेतिक अर्थ छ। उनी निर्वाचनमा भाग लिन चाहन्थे र कपिलवस्तुलाई आफ्नो आधार क्षेत्र बनाउन चाहेका थिए।

निर्वाचनलाई केन्द्रीत बनाएर उनले यस्तो गरेको विप्लवनिकट स्रोतको दाबी छ। विप्लवले निर्वाचनमा आफ्नो पार्टीको मत आउने ठानेर रोल्पा र सल्यानमा आफ्ना भतिजहरूलाई खटाएका छन्।

विप्लवका एकजना भतिज नारायणविक्रम चन्द सल्यानको सेक्रेटरी छन भने रोल्पाको सेक्रेटरीमा अर्का भतिज दिनेशविक्रम चन्दलाई खटाएका छन्। नेकपाका अर्का नेता खड्कबहादुर विश्वकर्मा ’प्रकाण्ड’ले पनि कालिकोटमा आफ्नै पहलमा कतिपय ठाउँमा डोजर पु¥याएका छन्। स्वस्थ्य शिविरसमेत लगिरहेका छन्। उनले आफ्ना छोरा नरेन्द्र बिकलाई कालीकोटमै खटाएका छन्। नरेन्द्र अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत हुन्।Source-galaxykhabar

प्रकाशित मिति २०७८ चैत १४ गते सोमबार ०२:११
प्रतिक्रियाहरु